१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक संगठनले विद्यालयमा लगाएको ताला महानगरले फोर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o२:oo

काठमाडौं महानगरपालिकाले एक विद्यालयमा राजनीतिक विद्यार्थी संगठनले लगाएको ताला फोरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विद्यालय पढ्ने ठाउँ भएको र विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म पनि गर्न नसकिने भन्दै  ताला तोडेको जानकारी दिएका छन् ।

दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध हो भन्दै उनले महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ताला फोरिएको भिडियोसहित स्टाटस लेखेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ। त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारेका छौँ ।’

काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको थियो। महानगरले बुधबार सूचना जारी गर्दै विद्यालयभित्र राजनीतिक दल र दलका भ्रातृ संगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेको थियो ।

ad
ad