मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १५ शुक्रबार ०८:०६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट छुट्याउन स्वास्थ्य मन्त्रालयको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १५ शुक्रबार ०८:०६:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट सरसफाइ अभियान सञ्चालनमा ल्याउन आग्रह गरेको छ । मौसमभन्दा अगाडिदेखि नै संक्रमण देखिन थालेको र बढ्न सक्ने भन्दै नियन्त्रणका लागि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सरसफाइ अभियान चलाउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै प्रत्येक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्नो कार्यालय हाताभित्र र वरपर सरसफाइमा सबै कर्मचारीलाई सहभागी हुन आग्रह गरेको हो । 

गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्यधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले आमसर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायलाई सरसरफाइ अभियानमा सहभागी हुन आग्रह गरेको हो ।

‘यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै संक्रमण बढ्दै गरेको अवस्था छ । हामीले डेंगु संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाइबाट बच्न बचाउन आवश्यक हुन्छ । त्यसैले हामी बस्ने र काम गर्ने स्थानमा लामखुट्टेले संक्रमण फैलाउने वातावरण बन्न नदिन सबै संवेदनशील बन्नुपर्ने हुन्छ,’ सूचनामा भनिएको छ ।