१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अफगानिस्तानका मुख्य प्रशिक्षकमा अल्मुताइरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o१:oo

 नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको प्रशिक्षकमा नियुक्त भएका छन् । अफगानिस्तान फुटबल संघले बिहिबार सामाजिक सन्जालबाट कुवेती नागरिक अल्मुताइरीलाई फुटबलका नयाँ प्रशिक्षक नियुक्त गरेको जनाएको छ । अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा छनोट प्रक्रिया सञ्चालन हुनेछ । अफगानिस्तानभन्दा बाहिर रहेका खेलाडीले पनि छनोट प्रक्रियामा भाग लिने महासंघले जनाएको छ ।

अल्मुताइरी र संघबीच केही दिनमै काबुलमा सम्झौतापत्रमा हस्ताक्षर हुने संघले जनाएको छ । संघले अहिले अल्मुताइरीलाई केवल मुख्य प्रशिक्षकमा चयन गरेको मात्र जनाएको हो । नेपाली राष्ट्रिय टोलीका खेलाडीसँग विवादमा परेपछि अल्मुताइरीले गत वर्ष प्रशिक्षकबाट राजीनामा दिएका थिए । नेपालमा १४ महिना रहँदा प्रशासनिक रूपमा निकै विवादित भए पनि अल्मुताइरी समर्थकमाझ निकै लोकप्रिय थिए ।

अल्मुताइरीको प्रशिक्षणमा नेपालले ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनल स्थान पक्का गरेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । यसैगरी, उनकै प्रशिक्षणमा नेपाल पहिलोपटक एएफसी एसियन कप छनोटको तेस्रो चरण तथा एसिया कपको छनोटसम्म पुगेको थियो । उनको प्रशिक्षणमा नेपालले ऐतिहासिक रूपमा अफ्रिकी देश मोरिससविरुद्धको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण शृंखला खेलेको थियो ।

नेपालले दुवै खेलमा अफ्रिकी प्रतिद्वन्द्वीलाई हराएको थियो । नेपाल रहँदा अलमुताइरीले युवा खेलाडीहरूलाई बढी प्राथमिकतामा राखेका थिए । उनले नेपालको स्तर माथि उकास्न फिफा वरीयतामा माथिल्लो स्तरका टोलीविरुद्ध प्रतिस्पर्धा गराएका थिए । अलमुताइरीको कार्यकालमा नेपाली खेलाडी धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय एक्सपोजर पाएका थिए । 

ad
ad