मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १४ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १४ बिहीबार २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री थापा भन्छन् - अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णय गलत छ, रोक्नुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १४ बिहीबार २o:oo:oo

कांग्रेस महामन्त्री गगनकुमार थापाले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँ राहत दिने गरी सरकारले गरेको निर्णयको विरोध गरेका छन्। 

आज सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध जनाउँदै महामन्त्री थापाले भनेका छन्, ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ।’

उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकोले सरकार रकम बाँड्न नभई पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शीघ्र टुंग्याउन केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।