१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एन्जाइटी डिसअर्डर किन हुन्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३६:oo

मानिसलाई कुनै खतरा महसुस भयो भने शरीरले एक किसिमको प्रतिक्रिया देखाउँछ । त्यतिवेला मन आत्तिनुका साथै डर लाग्न सक्छ । यस अवस्थालाई सामान्य मान्न सकिन्छ । तर, सामान्य अवस्थाभन्दा बढी र कुनै प्राकृतिक कारणविना नै डर लाग्छ र त्यसले हाम्रो दैनिक क्रियाकलापलाई असन्तुलित बनाएको छ भने डिसअर्डरको रूप लिन सक्छ । यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ । एन्जाइटी डिसअर्डर विभिन्न प्रकारका हुन्छन् । जसमा जेनरलाइज्ड, सोसल, सेपेरेसन, एगोराफोबिया र प्यानिक डिसअर्डर आदि हुन् ।

- एन्जाइटी डिसअर्डर भएमा मुटुको धड्कन बढ्ने, श्वासप्रश्वास छिटो–छिटो हुने हुन्छ । यस्ता लक्षण देखेर मुटुमा ठूलो समस्या भएको ठानी धेरै मानिस आत्तिन्छन् । तर, मानसिक रोगको लक्षण हो भनेर थाहा नहुन सक्छ ।

- एन्जाइटी डिसअर्डर भएपछि सुरुमा निद्रा नलाग्ने र लागिहाले पनि बीचमा ब्युँझिएपछि फेरि निद्रा लाग्न गाह्रो हुने गर्छ ।

- पुराना पीडादायी घटनाको अनुभवले फेरि त्यस्ता घटना दोहोरिएलान् कि भनेर डर लाग्न सक्छ । जसलाई पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर भनिन्छ । यसको कारणले पनि एन्जाइटी बढ्छ ।

- त्यस्तै, हातखुट्टा काम्नु, पसिना आउनु, टाउको दुख्नु, छटपटी हुनु, ग्यास्ट्रिक बढ्नु वा पेटमा असहज अनुभव हुनु । साथै, बेहोस होला जस्तो हुनु, आत्तिनुका साथै आत्मविश्वास घट्नु, अत्यन्त थाक्नु, कमजोर महसुस हुनु र पटक–पटक पिसाब गर्न मन लाग्नु आदि पनि यो समस्याका लक्षण हुन् ।

- एन्जाइटी डिसअर्डर यही नै कारणले हुन्छ भन्न सकिन्न । तर, जीवनमा घटेका पीडादायी घटनाले भने एन्जाइटीलाई बढाउन ठूलो भूमिका खेल्छ । वंशानुगत कारणले पनि एन्जाइटी डिसअर्डर हुने गरेको पाइएको छ । केही मानिसमा भने अन्य रोगका कारण पनि एन्जाइटी बढ्ने गर्छ ।  

- सामान्य एन्जाइटी मनोविज्ञसँगको नियमित परामर्शले निको हुन्छ । मनोविज्ञले कग्नेटिभ बिहेभियर थेरापीलगायत साइकोथेरापीबाट उपचार गर्छन् । तर, बिरामीलाई असाध्यै कठिन महसुस भएको छ भने मनोचिकित्सकसँगको सल्लाहबाट औषधिसमेत लिनुपर्ने हुन सक्छ । 

- एन्जाइटीको मात्रा केही कम भइसकेपछि बिस्तारै योग, ध्यान र प्राणायाम गर्नु लाभप्रद हुन्छ । नियमित ध्यानले नकारात्मक सोचलाई कम गर्नुका साथै प्रतिकूल अवस्था आउँदा पनि नआत्तिने हुन थाल्छ ।

- सन्तुलित भोजन लिनुपर्छ । रक्सी, चुरोट, सुर्ती तथा लागुपदार्थबाट टाढा रहनुपर्छ ।

ad
ad