१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सागर रिजाल 
२०७५ पौष १० मंगलबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार

प्यूठानमा स्टेशनरी पसलमा आगलागी, १० लाखको क्षति

Read Time : < 1 मिनेट
सागर रिजाल 
२०७५ पौष १० मंगलबार १०:५४:००

प्यूठान नगरपालिका-२ क्वाडीमा रहेको साझा स्टेशनरीमा आगलागी भएको छ । मंगलबार बिहान ५:३० बजे विद्युत् सर्ट भई आगलागी भएको स्टेशनरी संचालक दिनेश पोख्रेलले बताए । 

उनका अनुसार आगलागीबाट पसलमा रहेका पुस्तक, कापी, कलम, फोटोकपी मेसिन लगाएतका सामाग्री जलेर नष्ट भएको छ। आगलागीबाट १० लाख  ६० हजार बराबरकाे नाेक्सान भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकीले बताए ।