१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर ।
२o८१ बैशाख २१ शुक्रबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट तीन सांसद मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:११:oo

संसदीय सुनुवाइ समितिका लागि राष्ट्रिय सभाबाट तीनजना सांसद मनोनीत भएका छन् । 

राष्ट्रिय सभाको आजको बैठकले सांसदहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझीलाई उक्त समितिमा मनोनीत गर्ने सहमति दिएको हो। 

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ को नियम २५ को उपनियम २ बमोजिम संसदीय सुनुवाइ समितिमा उनीहरूलाई मनोनीत गर्न राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिफारिस गरेका थिए। 

अध्यक्ष तिमिल्सिनाले गरेको मनोनयन सिफारिस प्रस्तावलाई राष्ट्रिय सभाले सहमति दिएको हो।
     
प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदमा नियुक्तिका लागि प्रस्ताव गरिएका नाममा सुनुवाइका लागि संसदीय समिति रहने व्यवस्था छ।

समितिमा प्रतिनिधिसभाको सहमति लिई सभामुखले मनोनीत गरेका प्रतिनिधिसभाका १२ जना र राष्ट्रिय सभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका राष्ट्रिय सभाका तीनजना गरी कुल १५ जना सदस्य रहने व्यवस्था छ। समितिको सभापति सदस्यमध्येबाट एकजना चयन हुने व्यवस्था छ। रासस

ad
ad