१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विलासिताका वस्तु आयातमा कटौती गरौँ : प्रमिला कुमारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:२९:oo

राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छिन्। 

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थव्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताइन्। 

उनले सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारीसाधन, इन्धनलगायतका विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताइन्। 

देशमा दिनानुदिन भ्रष्टाचार बढिरहेको भन्दै बिचौलिया, भ्रष्टाचारी र दलाललाई पृष्ठपोषण दिने संस्था भत्काउनु जरुरी रहेको उनको भनाइ थियो। 

उनले प्रदेश र स्थानीय तहलाई मजबुत बनाउन वित्तीय संघीयता मजबुत हुनु जरुरी रहेको उल्लेख गरिन्। 

ad
ad