१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख १३ बुधबार ११:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकले गर्‍यो जनकपुरका मठ–मन्दिरको सफाइ

Read Time : < 1 मिनेट
२०८० बैशाख १३ बुधबार ११:५७:००

 प्रभु बैंकको जनकपुरधाम शाखाले जानकी नवमीको अवसर पारेर जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा सरसफाइ गरेको छ । शाखा प्रबन्धक अशोककुमार साहको नेतृत्वमा बैंकका कर्मचारीहरूको टोलीले मंगलबार बिहान मन्दिरपरिसरको सरसफाइ गरेको हो ।

संस्थागत समाजिक उक्तदायित्वअन्तर्गत सरसफाइ, वृक्षारोपण, रक्तदानसहितका कार्यक्रम पटक–पटक गर्दै आएकोमा केही दिनपछि मनाइने जानकी नवमीलाई मध्यनजर गरी सरसफाइको आयोजना गरेको बताए । यस्ता कार्यक्रमलाई निरन्तता दिँदै जाने उनको भनाइ थियो ।  

जानकी नवमीमा बाहिरबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजन, पर्यटकहरू आउने भएकाले जनकपुरधामप्रति नकारात्मक सन्देश नजाओस् भन्ने उद्देश्यले उपमहानगरपालिकासँग समन्वय गरी उक्त कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ । सरसफाइ कार्यक्रममा जनकपुरधामका मेयर मनोजकुमार साह, समाजसेवी रामप्रसाद पँजियार, महोत्तरी र धनुषामा रहेका प्रभु बैंकका विभिन्न शाखाका कर्मचारीहरू सहभागी भएका थिए ।