१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई लिमिटेडको साधारण सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२९:oo

आइएमई लिमिटेडको साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु  क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

आइएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

कम्पनीले  आफ्नो जारी पुँजी एक अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण सेयर (आइपिओ) सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ ।

आइएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवाप्रदायकको काम गर्दै आएको उल्लेख छ । रेमिट्यान्स व्यवसायहरूमध्येबाट सबैभन्दा बढी कर तिरेका आधारमा पटक–पटक ‘ठूला करदाता सम्मान’बाट पुरस्कृत हुँदै आएको आइएमईले जनाएको छ ।
 

ad
ad