भारी मतान्तरले रवि पुन: विजयी

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यकाे उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना सकिएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः भारी मतान्तरले विजयी भएका छन्।

कुल ७८ हजार दुई सय ७७ मत गणना हुँदा लामिछानेले ५४ हजार एक सय ७६ मत पाएका छन्। यो उनका प्रतिस्पर्धीहरू कांग्रेसका उम्मेदवारको भन्दा ४२ हजार नाै सय ६२ र एमालेका उम्मेदवारको भन्दा ४३ हजार दुई सय ४० मतले धेरै हो।

कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार नाै सय ३६ मत पाएका छन्। 

यसअघि गत मंसिरमा भएको निर्वाचनमा लामिछाने निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मतान्तरसहित विजयी भएका थिए। लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत प्राप्त गरेका थिए।

लामिछानेको जितको आधिकारिक घोषणा हुन भने बाँकी छ।

See More On

सुझावित समाचार