
लेफ्ट इन्जिनमा आगलागी भएको फ्लाई दुबईको जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ गएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीले भनेका छन्, ‘फ्लाई दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदै छ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडिरहेको फ्लाई दुबईको जहाजमा आगलागी भएको थियो ।
जहाजको लेफ्ट इन्जिनमा आगलागी भएको पाइलटले टावरलाई जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
लेफ्ट इन्जिनमा आगलागी भएपछि पाइलटले सो इन्जिन अफ गरेर एउटा मात्र इन्जिनले जहाज उडाइरहेका छन् ।