१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
पार्टीमा ढाकाले दिए पुनरावेदन, कानुनी परामर्शमा नेतृत्व
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रास्वपाले संसदमा बुझायो ढाकालाई कारबाही गरेको पत्र

सचिवालयको रायपछि सभामुखले निर्णय लिने

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२o:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको दस्ताबेज संसद् सचिवालयमा बुझाएको छ । मन्त्री बन्न पार्टीको कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

श्रेष्ठलाई पार्टीबाट निष्कासन गर्ने र सांसद पदबाट हटाउने निर्णयसँग सम्बन्धित कागजात रास्वपा संसदीय दलबाट आइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । ‘स्पष्टीकरण सोधेको, जवाफ दिएको, केन्द्रीय कमिटीको निर्णयलगायत आवश्यक डकुमेन्ट आएको छ,’ उनले भने, ‘हामी छलफलमै छौँ, दुई–चार दिनमा टुंगिएला ।’ सचिवालयले अध्ययन गरेर एक–दुई दिनमा सभामुखलाई राय दिने उनले बताए । 

रास्वपाले श्रेष्ठलाई दलबाट निष्कासन गरेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद पदबाट हटाउन ३ वैशाखमा संसद् सचिवालयमा निवेदन दर्ता गराएको थियो । सभामुखले १५ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था ऐनमा छ । यसअनुसार सभामुख देवराज घिमिरेले १८ वैशाखसम्म निर्णय गरिसक्नुपर्छ । 

संसद् सचिवालयका  प्रवक्ता  एकराम गिरी भन्छन् ‘स्पष्टीकरण सोधेको, जवाफ दिएको, केन्द्रीय कमिटीको निर्णयलगायत डकुमेन्ट रास्वपाबाट आएको छ । हामी छलफलमै छौँ, अध्ययन गरेर एक–दुई दिनमा सभामुखलाई राय दिन्छौँ, सभामुखले निर्णय लिनुहुन्छ । ’

रास्वपा संसदीय दलका सचेतक सन्तोष परियारले सचिवालयले माग गरेका दस्ताबेज बुझाइसकिएको र सचिवालयबाट सकारात्मक जवाफ पाएको बताए । सचिवालयका एक पदाधिकारीले रास्वपाले बुझाएका दस्ताबेज हेर्दा कारबाही हुने आधार देखिएको बताए । ‘रास्वपाले ल्याएको डकुमेन्ट हेर्दा विषय मिलेको छ । पार्टीले विधि पुर्‍याएर निर्णय गरेको दखिन्छ । अब सम्माननीयज्यूको विषय हो । सचिवालयले राय दिने फर्मालिटी हो । निर्णय सम्माननीयज्यूको हातमा छ,’ उनले भने । रास्वपाले समानुपातिक सांसद श्रेष्ठको कोटामा बिन्दबासिनी कंसाकारलाई सिफारिस गरेको थियो । 

रास्वपाका प्रवक्ता मुकुल ढकालले श्रेष्ठबाट पार्टीमा पुनरावेदन आएको बताए । ‘उहाँले पार्टीको कारबाहीविरूद्व पुनरावेदन दिनुभएको छ । कारबाही मिलेन भनेर सच्याउन माग गर्नुभएको छ । तर, पार्टीले गरेको कारबाहीको कुनै तथ्य परिवर्तन भएको छैन । उहाँले निर्दाेष छु भनेर कुनै तथ्य ल्याउनुभएको छैन । पुनरावेदनको विषयमा कुनै निर्णय भइसकेको छैन,’ उनले भने । 

संसद् सचिवालयले पुनरावेदनमा निर्णय मागे तत्काल पठाउने महामन्त्री ढकालले बताए । ‘हामी कानुनी परामर्शमा छौँ । संसद् सचिवालयले पुनरावेदनको विषयमा निर्णय मागे हामी तत्काल गरेर पठाउँछौँ । किनभने कारबाही गरेको तथ्यमा अहिलेसम्म कुनै परिवर्तन भएको छैन,’ उनले भने । तथ्य परिवर्तन भई निर्दाेष ठहर भएमा श्रेष्ठले पार्टीमा फर्केर काम गर्न पाउने उनको भनाइ छ । त्यसअगावै सांसद पद गुमाए त्यो स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए । 
 

ad
ad