उपनिर्वाचनअन्तर्गत बारा, चितवन र तनहुँमा भइरहेको मतदानमा साँझ ४ बजेसम्म सरदर ५० प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बारा २ मा ५० प्रतिशत र चितवन २ मा ५४ प्रतिशत मत खसेको छ।
तनहुँ १ बाट खटिएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारीअनुसार यहाँ ४८ प्रतिशत मत खसेको छ। मतदान शान्तिपूर्ण भए पनि मत कम खसेको मतदान केन्द्रको अवलोकनमा रहेका प्रवक्ता पौडेलले बताए।