१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मौन अवधिमा व्यापक चलखेल भयो : स्वर्णिम वाग्ले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:५७:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले मौन अवधिमा व्यापक चलखेल भएको बताएका छन्। 

तनहुँको सत्यदेवी मावि मतदान केन्द्रको अवलोकनपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वाग्लेले भने, ‘मौन अवधिमा व्यापक चलखेल भए । तर, यसले विवेकशील तनहुँका जनता कुनै विचलित हुने गुन्जायस देखेको छैन।’

उनले जनतामा व्यापक उत्साह रहेको र शान्तिपूर्ण रूपमा लोकतन्त्रिक अभ्यास भइरहेको बताए । ‘लडेर ल्याएको लोकतन्त्रको सौन्दर्य नै यही हो जस्तो लाग्छ। यो लोकतन्त्रको ठूलो परीक्षा पनि हो,’ वाग्लेले भने।

मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए। तर, उनी राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भइरहेको हो।

ad
ad