१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका अष्ट्रेलिया
२०८० बैशाख ८ शुक्रबार १७:०९:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

१० वर्षपछि अस्ट्रेलिया तताउँदै मंगोलियन हार्ट, आज डार्बिनमा प्रस्तुति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अष्ट्रेलिया
२०८० बैशाख ८ शुक्रबार १७:०९:००

१० वर्षपछि अस्ट्रेलियाको सांगीतिक यात्रामा हिँडेको नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले चार स्थानमा कन्सर्ट सकेको छ। 

ब्यान्डले पूर्वनिर्धारित तालिकाअनुसार अप्रिल १० तारिखमा मेल्बर्नबाट यात्रा सुरु गरेर १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी र  १६ मा केन्बेरा कन्सर्ट सकेको हो। चारै स्थानमा दर्शकको ठूलो ‘क्राउड’ थियो। 

ब्यान्डका फ्रन्ट म्यान राजु लामाले चर्चित गीत ‘मेरो नेपाल’बाट प्रस्तुति सुरु गर्दै ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीत गाउँदा माहोल तातेको थियो।

लामाका अनुसार अब चार स्थानमा कन्सर्ट बाँकी छ । आज २१ तारिख डार्बिन सहरमा प्रस्तुति दिने तालिका छ । त्यसपछि २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर यात्रा टुंगिनेछ। 

टुर व्यवस्थापक नेपाली टच अस्ट्रेलियाका सिइओ दीपेश पुनका अनुसार ब्यान्डको पहिलो सांगीतिक प्रस्तुति १० तारिखमा मेल्बर्न सहरमा, १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्बिन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर सांगीतिक यात्रा सकिनेछ। 

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको याे ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापामगर, लिड गितारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।