मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ६ बुधबार १२:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महायोगी पाइलट बाबा नेपाल आउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १२:४o:oo

महायोगी पायलट बाबा एक सातापछि नेपाल भ्रमणमा आउने भएका छन्। उनी चितवन र हेटौँडामा रहने गरी आउन लागेको हरिद्वारबाट काठमाडौं फर्केका स्वामी ज्ञानमित्रले जानकारी दिए। 

भारतमा सन्न्यासीहरूकाे सबैभन्दा ठूलो अखडा जुना अखडाको वरिष्ठम महामंडलेश्वर उनी हुन्। पाइलट बाबा सन्न्यासीहरूमाझ सोमनाथ गिरिका रूपमा चिनिन्छन् । उनी उज्जैन पीठाधीश्वर पनि हुन्।

‘पाइलट बाबा वैशाख १५ गते नेपाल आइपुग्नुहुन्छ। उहाँ काठमाडौं आउनेचाहिँ निश्चित भएको छैन,’ ज्ञानमित्रले भने, ‘उहाँ कोरोना कालपछि पहिलोपटक नेपाल आउन लाग्नुभएको छ, यद्यपि नेपाल उहाँका लागि नयाँ होइन।’ 

ज्ञानमित्रका अनुसार  हेटौँडा–भैँसेस्थित त्रिखण्डी महादेवमा उनी एउटा भव्य आश्रम बनाउन इच्छुक छन्। यसपटकको भ्रमणको मूल उद्देश्य आश्रम निर्माण गर्ने हो। 

त्रिखण्डी महादेव पाइलट बाबाको गुरुस्थली हो। पाइलट बाबाका गुरु हरिबाबा तथा हरिबाबाका  गुरु अवतार बाबाको समाधि पनि त्रिखण्डीमै छ।