Skip This
शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेकाे भन्दै गृहमन्त्रीविरुद्ध प्रदर्शन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख ५ मंगलबार १२:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेकाे भन्दै गृहमन्त्रीविरुद्ध प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार १२:५४:oo

गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याजपीडितले काठमाडौंमा प्रदर्शन गरेका छन्। 

सोमबार शान्तिबाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्का नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। 

आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको उनीहरूले बताएका छन्।

सोमबार (हिजो) काठमाडौंको शान्तिबाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरू घाइतेसमेत भएका थिए। शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरूलाई सरकारले दमन गरेको भन्दै मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुसवाहले आपत्ति जनाए। 

मिटरब्याजपीडितको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षकाे गुनासो छ।