Skip This
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर भुक्तानी सेवा सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ४ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ४ सोमबार १६:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर भुक्तानी सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ४ सोमबार १६:४६:oo

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप EBL Touch 24 मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ।

बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन्।

यो सेवा सुरुवात भएसँगै एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपरमार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध दुईलाखभन्दा बढी मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।