१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४९:oo

एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार रहेका उद्योगी–व्यवसायी जगदीशप्रसाद अग्रवाल सम्मानित भएका छन् । उनलाई राष्ट्रपतिले ‘सुप्रबल जनसेवाश्री’ विभूषणद्वारा सम्मान गरेका हुन् । 

आफ्ना संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार सम्मानित भएको भन्दै बैंक परिवारले बधाई ज्ञापन गरेको जनाएको छ ।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रूपमा खटिँदै एक सफल उद्योगी–व्यवसायीका रूपमा स्थापित भएका अग्रवालले कुशल व्यावसायिक रणनीतिकार एवं उत्कृष्ट व्यवस्थापकका रूपमा भूमिका निर्वाह गरेको बैंकको भनाइ छ ।

हाल विशाल ग्रुपका अध्यक्षसमेत रहेका उनले अनुकरणीय उद्यमशीलतामार्फत देशको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बैंकले जनाएको छ । 

हाल उनले मैनाबती स्टिल इन्डस्ट्रिज, कमला आइरन एन्ड स्टिल इन्टरनेसल प्रालि, कमला रोलिङ मिल्स प्रालि तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ । 

ad
ad