१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३ आइतबार
  • Friday, 09 May, 2025
२o८o बैशाख ३ आइतबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरको थाहामा सबैभन्दा धेरै बेरुजु, बकैयामा सबैभन्दा कम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ३ आइतबार १८:४९:oo

महालेखा परीक्षकको ६०औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/७९ को अन्तिम लेखा परीक्षणमा मकवानपुरका स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु थाहा नगरपालिकामा देखिएको छ।

प्रतिवेदनअनुसार थाहाको बेरुजु ११ करोड ४२ लाख २७ हजार अर्थात् ६.५३ प्रतिशत पुगेको छ। थाहाको यो बेरुजु जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी हो। दुईपटक सबैभन्दा कम बेरुजु हुँदै देशभरमा उत्कृष्ट स्थानीय तहको रूपमा पुरस्कृत भएको थाहा यसपटक भने बेरुजु बढी हुने पालिकामा परेको हो।

यसअघि आर्थिक वर्ष ०७७/७८ को अन्तिम लेखा परीक्षणमा थाहामा ६ करोड २५ लाख २५ हजार रुपैयाँ बेरुजु रहेकोमा यसपटक ५ करोड १७ लाख २ हजार थपिएर ११ करोड ४२ लाख २७ हजार बेरुजुु पुगेको हो।

यता जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा रहेको छ। यसपटक बकैयाको बेरुजु ०.७ प्रतिशत मात्रै रहेको छ। जिल्लामा सबैभन्दा धेरै बेरुजु रहेको गाउँपालिकाको दोस्रो स्थानमा बागमती गाउँपालिका रहेको छ। बागमतीमा ३.८४ प्रतिशत बेरुजु रहेको छ भने तेस्रो नम्बरमा रहेको राक्सिराङ गाउँपालिकाको बेरुजु ३.७८ प्रतिशत रहेको छ।

यस्तै, भीमफेदी गाउँपालिकाको बेरुजु ३.२६ प्रतिशत हुँदा कैलाशको ३.१३, मकवानपुरगढी गाउँपालिकाको २.३७, मनहरीको २.११, इन्द्रसरोवर गाउँपालिकाको १.९५ र हेटौँडा उपमहानगरपालिकाको ०.७७ प्रतिशत रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।