१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बिरामीको पेटभित्र भेटियो बोतल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:३३:oo

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका एक वृद्धको पेटमा रक्सीको सिसी भेटिएको छ। 

बिरामीको पेटभित्र भोड्का रक्सीको एक क्वार्टरको खाली सिसी भेटिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले जानकारी दिए। 

धनगढी उपमहानरपालिका– १४, फूलबारीका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेमा देखिएको हो। पेट दुखेपछि उनी उपचारका लागि आएका अस्पतालले जनाएको छ। उनको पेटभित्र सिसी कसरी गएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
 

ad
ad