१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माछापुच्छ्रेको वालेटमा स्मार्ट क्युआर भुक्तानी सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:o२:oo

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ ।  
यो सेवा सुचारु भएसँगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्ने जनाइएको छ । 

रेमिट्याप वालेटमार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्युआरमार्फत भुक्तानी लिनलाई यसको सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

इएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत भुक्तानी लिनदिन सहज, सुरक्षित र भरपर्दो हुने बैंकको दाबी छ । 

ad
ad