१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत २९ बुधबार १०:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताको दुःखसुखमा सँगै हुने उम्मेदवारलाई निर्वाचित गर्नुपर्छ : नेता सिंह

Read Time : < 1 मिनेट
२०७९ चैत २९ बुधबार १०:३५:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुखदुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्। कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका– ४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुखदुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरे ।

‘भाषण गर्ने, तर गाउँठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्यांकन  गर्नुहुनेछ,’ नेता सिंहले भने ।  चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउँदै  नेता सिंहले सत्तागठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताए । ‘गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ,’ उनले भने । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।  

त्यस्तै उनले कांग्रेसले तनहुँलाई सरकार बनाउँदा होस् वा राज्यको प्रमुख तहमा स्थान दिएको स्मरण गराउँदै भने, उहाँलाई अत्यधिक मतले विजयी गराउनुस् । मन्त्रिपरिषद् विस्तार हुँदा उहाँ मन्त्री नबन्नुहोला भन्ने के छ र ?  कांग्रेस पूर्वमहामन्त्री सिंहले अहिले मैदानमा रहेका उम्मेदवारमध्ये भट्टराई उत्कृष्ट रहेकाले भ्रममा नपर्न पनि आग्रह गरे ।

उनले राजनीति स्वच्छ हुनुपर्छ भनेर आएका दल केही महिनामै विभिन्न विवादमा परेको भन्दै राजनीतिमा नारा दिन सजिलो भए पनि व्यवहारमा कार्यान्वयन गर्न सजिलो नभएको बताए । भट्टराई नेविसंघको अध्यक्ष हुँदै लोकतन्त्रको सदृढीकरणका लागि लागेको नेता भएकाले तनहुँवासीले रूखमा मत दिएर उहाँलाई प्रोत्साहित गर्ने विश्वास पनि व्यक्त गरे । 

तनहुँ क्षेत्र १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताए । गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उनले आफू त्यसैमा केन्द्रित भएको बताए ।