१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २५ शनिबार
  • Monday, 01 July, 2024
२o७९ चैत २५ शनिबार १७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

ताप्लेजुङमा डोको क्यारी रन, फक्ताङलुङका रमेश लिम्बूलाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २५ शनिबार १७:३७:oo

ताप्लेजुङमा डोको बोकेर कुद्ने प्रतियोगिता (डोको क्यारी रन)को उपाधि फक्ताङलुङ गाउँपालिका– ३ का रमेश लिम्बूले जितेका छन्।

जारी दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अन्तिम दिन शनिबार भएको प्रतियोगिताको उपाधि लिम्बूले हात पारेका हुन्। उनले निर्धारित १३ किलोमिटर दूरी १ घण्टा ४ मिनेट ३१ सेकेन्डमा पार गरे।

१ घण्टा ४ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै माैवाखोलाका प्रकाश लिम्बू दोस्रो हुँदा चन्द्रबहादुर कार्की तेस्रो स्थानमा आए। कार्कीले १ घण्टा ५ मिनेट ३०  सेकेन्डमा दूरी पार गरेका थिए।

प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष राजेन्द्र भरतीले बताए।

ad
ad
ad
ad