१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई गगनको सुझाव– निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:o२:oo

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्देशन र घोषणाहरू मात्रै गर्दै हिँडेको टिप्पणी गरे । प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनहरूमा जान भ्याइनभ्याई भएको भन्दै प्रधानमन्त्रीलाई फुर्सद भएकोप्रति आफू छक्क परेको बताए।

‘निर्देशन र घोषणा यो दुईवटा कुराले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट हाम्रो प्रधानमन्त्री पहिला मुक्त हुनुपर्छ । निर्देशन नदिएको हुनाले गर्दा शासकीय परिणामहरू नआएका होइनन् । सुधारहरू नभएका होइनन् । समस्याको चुरोमा पुगिएन भने निर्देशनहरू अलपत्र हुन्छन् र कुनै वेला गएर फेरि मैले दिएका निर्देशनहरू मलाई सम्झाउनुस् भनेर निर्देशन सम्झाउनुपर्ने अवस्था आउँछ,’ थापाले भने ।

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम संसद् चलिरहेको वेलामा बाहिरबाट सार्वजनिक गरिएकोप्रति समेत विरोध जनाए । उनले प्रधानमन्त्रीसँग काम गर्नका लागि राम्रो समूह नभएको आरोप लगाए ।

ad
ad