मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत २४ शुक्रबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत २४ शुक्रबार ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत २४ शुक्रबार ११:o२:oo

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. अभिषेकराज सिंह नियुक्त भएका छन्। उनलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकलसम्बन्धी सम्पूर्ण कुराको सहजीकरण गर्ने उद्देश्यले एक वर्षका लागि नियुक्त गरिएको हो।

यसअघि सिंहले गत महिना नेपालमा भएको आइसिसी विश्वकप लिग- २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाली टिमको मेडिकल विभाग हेरेका थिए। यस्तै, उनी नेपाल, युएई र पपुवा न्युगिनीबीचको सिरिजमा पनि नेपाली टिममा थिए।

यसअघि नेपाली क्रिकेट टिममा फिजियो अफिसियल हुने गरेका थिए। चिकित्सकलाई नेपाली राष्ट्रिय टिमको मेडिकल विभाग गर्न नियुक्त गरिएको भने यो पहिलोपटक हो।