१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २२ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २२ बुधबार १३:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्यमा नयाँ रेकर्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २२ बुधबार १३:१६:oo

सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।  आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ।  

अघिल्लो दिन प्रतितोला रु. एक लाख नौ हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु. दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यसअघि यही चैत ५ गते उक्त सुनको मूल्य उच्च रहँदै प्रतितोला रु. एक लाख १० हजार पुगेको थियो। 

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १० हजार चार सय ५० छ। उक्त सुन अघिल्लो दिन रु. एक लाख आठ हजार पाँच सयमा कारोबार भएको थियो। 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. ४० ले बढेर रु. एक हजार चार सय ४० पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।