१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २१ मंगलबार o९:२o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयन बैंकले गर्‍यो सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार o९:२o:oo

हिमालयन बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०७९’ अन्तर्गत देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले सबै प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका बैंकका २४ वटा शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेका हुन् । 

कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, अविभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यवसायी, बैंकका ग्राहकलगायत ती स्थानका बासिन्दालाई बैंकिङबारे ज्ञानवद्र्धक विषयहरूमा छलफल गर्दै सम्पन्न गरिएको बैंकले जनाएको छ । 

कार्यक्रममा सहभागीलाई बैंक के हो, बैंकले प्रदान गर्ने विभिन्न सेवा–सुविधा, बैंकिङबारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाका लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिकाजस्ता विषयमा चर्चा गरिएको बैंकले उल्लेख गरेको छ । त्यस्तै, बैंकले प्रवाह गर्ने विभिन्न कर्जालगायत सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानुनी रूपमा गरिने रेमिट्यान्सको प्रक्रिया, कानुनविपरीतको हुन्डी र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदिजस्ता  विषयमा विस्तृत ज्ञान दिएको जनाइएको छ । 

बढ्यो दुर्घटना मृत्यु बिमा रकम
हिमालयन बैंकले सञ्चालन गर्दै आएको नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बिमाको सीमा बढाएको छ । बैंकले सञ्चालन गर्दै आएको विभिन्न खाता योजनामध्ये यी दुई खाताको बिमाको सीमा रकम पाँच लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँसम्म पुर्‍याएको हो ।  

नारी बचत खाता नारीहरूको सम्मानस्वरूप विशेष गरी नारीलाई लक्षित गरिएको योजनाका रूपमा रहेको बैंकले जनाएको छ । त्यस्तै, विशेष तलबी खाता कुनै पनि संघसंस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताका रूपमा रहेको उल्लेख छ । १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमाबाहेक पनि नारी बचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ सेवाहरूमा २५ प्रतिशतसम्म छुट रहेको जनाइएको छ ।