१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युएसएआइडीद्वारा नेपालको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजनाको आरम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:o८:oo

नेपालस्थित अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग युएसएआइडीले ‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना’ शुभारम्भ गरेको छ । 

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा दुई करोड ५० लाख अमेरिकी डलर (करिब तीन अर्ब २७ करोड रुपैयाँ) बजेटसहितको सो परियोजनाको सोमबार आधिकारिक रूपमा शुभारम्भ गरिएको हो ।

परियोजनाले दसौँ लाख नेपालीको स्वास्थ्य सुधारका निम्ति संघीय स्वास्थ्य तथा जनसंलख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय सरकारहरू (गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका)लाई वित्तीय सहायता प्रदान गर्ने बताइएको छ ।

ad
ad