मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ६ शनिबार
  • Saturday, 23 September, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत २० सोमबार ०९:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिको स्वास्थ्य अवस्थाकाे जानकारी लिन उपराष्ट्रपति पुगे अस्पताल    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत २० सोमबार ०९:५०:००

उपराष्ट्रपति रामसहायप्रसाद यादवले त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज बिहान अस्पताल पुगेका हुन् ।

उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ । अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।

यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।