
इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । हैदराबादमा केहीबेरअघि सकिएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई उसैको घरेलु मैदानमा ७२ रनले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय तीन रन बनाएको थियो । कप्तान सञ्जु सामसनले ५४ तथा यस्सवी जैसवाल र जोस बटलरले ५४–५४ रन बनाए भने अलराउन्डर सिम्रन हेटमेयरले विस्फोटक ब्याटिङ गर्दै २२ रन बनाए ।
२०४ रनको लक्ष्य पछ्याएको हैदरावादले सुरुवातमै झड्का बेहोर्यो । स्कोर बोर्डमा रन नचढ्दै उसले दुई विकेट गुमाएपछि कुनै पनि समय खेलमा फर्कन सकेन । उसले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन मात्र बनाउन सक्यो ।
हैदराबादलाई सस्तैमा समेट्ने क्रममा राजस्थानका युजवेन्द्र चहलले चार, ट्रेन्ट बोल्टले दुई तथा ज्यासन होल्डर र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए ।
हैदराबादका लागि भने भुवनेश्वर कुमार र टी नटराजनले समान २–२ विकेट लिएका थिए ।