मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Friday, 14 August, 2026
रमेश रावल सुर्खेत
२o७९ चैत १७ शुक्रबार १५:२९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बहुमत हुँदाहुँदै विश्वासको मत मागेकाे हुँ : मुख्यमन्त्री शर्मा

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १५:२९:oo

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफू बहुमतमा हुँदा पनि आफूले विश्वासको मत लिन लागेको बताएका छन्। 

विश्वासको मत माग्दै कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले बहुमत हुँदाहुँदै विश्वासको मत मागेको बताएका हुन्। 

सरकारलाई विश्वासको मत दिएको ठूलो दल एमाले साथ रहँदारहँदै पनि राप्रपाले मलाई दिएको विश्वासको मत फिर्ता लिएकाले आफूले पुनः विश्वासको मत लिन लागेको मुख्यमन्त्री शर्माले बताए।

‘ममाथि बहुमत हुँदाहुँदै पनि राजनीतिक इमानदारिताका लागि विश्वासको मत मागेको हुँ,’ उनले भने, ‘मलाई समर्थन गरेको एउटा दलले विश्वासको मत फिर्ता लिएपछि पुनः विश्वासको मत लिन उचित ठानेको हुँ।’