राजीनामाकाे तयारीमा खानेपानीमन्त्री, जनमत प्रदेश सरकारबाट पनि बाहिरिने !

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्रीले राजीनामा दिने भएका छन् । जनमतबाट खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिने तयारी गरेका हुन् ।

राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगेका छन् । जनमत पार्टीका नेता बिपी साहका अनुसार अहिले बालुवाटारमा छलफल भइरहेको छ।

जनमत पार्टीले उद्योग मन्त्रालय दाबी गर्दै आएको थियो । मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिन लागेका हुन्।

केन्द्रमा उद्योग मन्त्रालय नपाए मधेस प्रदेश सरकारबाट समेत बाहिरिनेसम्मको तयारीमा पुगेको जनमतका एक नेताले बताएका छन् । खानेपानी मन्त्रालय नेसपालाई दिएर उद्योग जनमतले पाउने चर्चा थियो । यद्यपि, उद्योग मन्त्रालय नेपाली कांग्रेसले पाएको छ ।

सुझावित समाचार