Skip This
स्ववियु निर्वाचन समितिका सदस्यसचिव अधिकारीमाथि आक्रमण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १७ शुक्रबार o८:४७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्ववियु निर्वाचन समितिका सदस्यसचिव अधिकारीमाथि आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार o८:४७:oo

स्ववियु निर्वाचनको छलफल गरिरहेको समयमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा स्ववियु निर्वाचन समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीमाथि विद्यार्थीले भौतिक आक्रमण गरेका छन् ।

बुधबार होटेल यल्लो प्यागोडामा विद्यार्थी संगठनसँग छलफल भइरहेका वेला अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली नेतृत्वको चार–पाँचजनाको समूहले अधिकारीलाई भौतिक आक्रमण गरेको र त्रिवि पदाधिकारीलाई अशोभनीय व्यवहार गरेको त्रिविले जनाएको छ । 

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार विज्ञप्ति जारी गरी गत ५ चैतमा निर्वाचन हुन नसकेका क्याम्पस र केन्द्रीय तहका विद्यार्थी संगठनका पदाधिकारीसँग स्ववियु निर्वाचन गराउने विषयमा छलफल भएको र त्यही छलफल भएको स्थानमा बुधबार अनेरास्ववियुका अध्यक्षसहितको टोलीले आक्रमण गरेको जनाएको छ ।

विद्यार्थीको हितका लागि नेतृत्व गर्ने संगठनको निर्वाचन गराउने विषयमा छलफल गराउँदा आक्रमण गर्ने लज्जास्पद विषय भएको त्रिविले जनाएको छ । ‘यस्ता अराजक व्यवहारले विद्यार्थी संघ–संगठनको इज्जत प्रतिष्ठामा गम्भीर प्रश्न उठेको विश्वविद्यालयको ठम्म्याइँ छ,’ विज्ञप्तिमा भनिएको छ ।