मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २२ सोमबार
  • Monday, 05 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १६ बिहीबार १६:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजी क्लिनिकबाट नाम हटाउन सरकारी चिकित्सकलाई मन्त्रालयको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १६ बिहीबार १६:४९:००

सरकारी अस्पतालमा कार्यरत चिकित्सकका नाम निजी अस्पतालमा छ्याप्छ्याप्ती भएको भन्दै निजी क्लिनिकबाट नाम हटाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै निजी क्लिनिकबाट नाम नहटाएको पाइए चिकित्सकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आफ्नामातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमध्ये केहीको नाम निजी क्लिनिकमा प्रयोग भइरहेको भन्ने गुनासो आइरहेकाले निजीबाट नाम हटाउन निर्देशन दिएको हो । मन्त्रालयले क्लिनिकहरूमा यसरी नाम राख्नु नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नियमावली, २०५५, जनस्वास्थ्य ऐन, २०७६ तथा नियावली, २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली, २०२४ को नियम २२ विरुद्ध हुने उल्लेख गरेको छ ।

हाल अधिकांश निजी क्लिनिकमा सरकारी चिकित्सकका नाम राखिएको भए तापनि मन्त्रालयले चिकित्सकले निजीमा काम गर्न भने रोक लगाएको छैन ।