मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १६ बिहीबार १२:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिटरब्याजीलाई कानुन बनाएर नियन्त्रण गर्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १२:४१:oo

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरूलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताएका छन्। 

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याजीपीडितहरू आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजीपीडकहरूलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताए। उनले पीडकहरूलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गरेका हुन्। 

यस्तै, अर्का सदस्य शारदादेवी भट्टले मिटरब्याजपीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिइन्। 

उनले सरकार गम्भीर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको उनको तर्क थियो।