वैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले तनहुँ १ गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यस्तै, बैठकले चितवन २ मा जितनाराउण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
बारा २ मा भने १९ गते पुनः बैठक बसेर निर्णय लिइने उनले जानकारी दिए । ‘बारा क्षेत्रको हकमा भने १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर त्यही दिन थप छलफल गरेर निर्णय गर्ने निर्णय भएको छ,’ महतले भने ।