Skip This
बैंकिङ कसुरमा पूर्वराजदूत पत्नी रेणुकुमारी पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १५ बुधबार १८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बैंकिङ कसुरमा पूर्वराजदूत पत्नी रेणुकुमारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार १८:१o:oo

प्रहरीले बैंकिङ कसुरमा पूर्वराजदूत निरन्जनमानसिंह बस्नेतकी श्रीमती रेणुकुमारी बस्नेत थापालाई पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले सस्तोमा जग्गा मिलाइदिने प्रलोभनमा भुवन घिमिरेसँग चार वर्षअघि ७५ लाख रुपैयाँ लिएको आरोप छ। 

तर, जग्गा पास नगरी उनी अमेरिका गएर बसेकी थिइन्। नेपाल फर्केपछि जग्गा नबेच्ने भन्दै घिमिरेलाई चेक दिएकी थिइन्। उनले दिएको चेकमा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको थियो। सोही कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
 
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जन भट्टले ठगी आरोपमा बस्नेत पक्राउ परेको जानकारी दिए। उनले भने, ‘जग्गा मिलाइदिने प्रलोभनमा ठगी गरेको भन्दै हामीकहाँ जाहेरी पर्‍यो। यही क्रममा प्रहरी खोजी जुट्यो। ठगीमा संलग्न रेणुकुमारी थापा पक्राउ परिन्। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ। थप तथ्य पछि खुल्दै जाला।’ 

पक्राउ परेकी बस्नेतका श्रीमान निरजन्जनमानसिंह मलेसियाका पूर्वराजदूत हुन्।

ad
ad
ad
ad