मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १५ बुधबार १०:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकले ५० स्थानमा सञ्चालन गर्‍यो वित्तीय साक्षरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १५ बुधबार १०:२४:००

कुमारी बैंकले आफ्ना शाखाहरूको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेसाकर्मी, विद्यार्थी, श्रमिक समूह, खेलाडी, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरूलाई लक्षित गरी ग्लोबल मनी विक समापन गरेको हो । 

सबै कार्यक्रममा गरेर तीन हजारभन्दा बढीलाई वित्तीय साक्षरता शिक्षा प्रदान गरेको बैंकले जनाएको छ । बैंकले कर्णाली, सुदूरपश्चिम, मधेसका दुर्गम क्षेत्रलगायत देशका सबै भागमा समान रूपमा कार्यक्रम सञ्चालन गरेकोे उल्लेख गरेको छ । बैंकले रुकुम, दैलेख र कर्णाली प्रदेशका साथै अन्य क्षेत्रहरूमा वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । छनोट गरिएका क्षेत्रहरूमा युवा, महिला, वृद्धलगायतका समूहका सहभागीहरू रहेको जनाएको छ । 

बैंकले महिला समूहको महत्वलाई परिवारको आर्थिक व्यवस्थापन र तिनीहरू संलग्न संस्थाहरूको अभिन्न अंगका रूपमा महसुस गरेको जनाएको छ । त्यसैले बैंकका कार्यक्रमहरू पनि सबै क्षेत्रहरूमा महिला समूहहरूलाई लक्षित गरी सञ्चालन गरिएको उल्लेख छ ।