१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७५ चैत २८ बिहीबार ०६:३५:००
Read Time : < 1 मिनेट
अर्थ

बेशीसहरमा सिद्धार्थ बैंकको शाखा विस्तार

Read Time : < 1 मिनेट
२०७५ चैत २८ बिहीबार ०६:३५:००

लमजुङको सदरमुकाम बेसीशहरमा सिद्धार्थ बैंक लिमिटेडको शाखाको विस्तार गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच बेशीसहर नगरपालिकाका प्रमुख गुमानसिह अर्यालले बैंकको शाखा उद्घाटन गरे ।   उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले बैंकले बित्तिय प्रक्रिया र पद्धतिको बारेमा सेवाग्राहीहरुलाई सुसुचित गराउन आवश्यक रहेको बताए । उनले आर्थिक कारोवारसँग जोडिएका बैंक सवल हुन जरुरी रहेको भन्दै बैंकले व्यवसायी, कृषक र आम जनता प्रभावित हुने खालको सेवा ल्याउनुपर्ने वताए ।

बैंकले हालसम्म १ सय १३ अर्ब निक्षेप संकलन र १ सय ३ अर्ब  कर्जा लगानी गरेको सिद्धार्र्थ बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कंडेलले बताए । उनका अनुसार देशभर बैंकको ७ लाख ग्राहक रहेका छन् । 

१ सय ६० भन्दा बढी एटीएम संचालन गरेको छ भने ५ सय भन्दा बढी रेमिट्यान्स संचालन गरिएको छ । बेशीसहर शाखाले हालसम्म १८ करोड निक्षेप संघलन र २१ करोडको कर्जा लगानी गरेको सिद्धार्र्थ बैंक बेसीशहर शाखाका शाखा प्रबन्धक रुद्र प्रसाद पोखरेलले बताए । 

बैंकले नियमित व्यापार बाहेक सामाजिक उत्तरदायित्वभित्र रहेर शिक्षा स्वास्थ्य, सरसफाई बित्तिय साक्षरताको क्षेत्रमा काम गर्दै आइरहेको शाखा प्रबन्धक पोखरेलले बताए । उनका अनुसार जिल्ला सामुदायिक अस्पतालमा १ लाख २५ हजारको लगानीमा बिरामी कुरुवाहरु बस्ने प्रतिक्षालय निर्माणका लागी सहयोग गर्ने भएको छ ।