१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ चैत १४ मंगलबार o८:३७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने रुट व्यवस्थित पारिँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार o८:३७:oo

ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने ललितपुरका सडक र सडकआसपासका ढल व्यवस्थापन सुरु भएको छ । आगामी वैशाखमा हुने रथयात्राका लागि ललितपुर महानगरपालिकाको नगर प्रहरीले रथ हिँडाउने सडकको सरसफाइ, ढल व्यवस्थापनलगायतका काम सुरु गरेको हो ।

रथयात्राका क्रममा सडकआसपासका बिजुलीका तारसमेत निकाल्ने गरिन्छ । रथको उचाइ बिजुलीका पोल र तारभन्दा अग्लो हुने भएकाले निकाल्ने गरिएको हो । रथयात्रा नजिकिँदै गर्दा त्यसको तयारीका लागि काठ र डोरी व्यवस्थापन सुरु भएको छ । काठ र डोरी संकलन गरेपछि पुल्चोकमा रथ निर्माण गरिन्छ ।

शुभसाइतअनुसार रथयात्रा प्रारम्भ हुन्छ । ‘रथयात्रा यहाँको ठूलो जात्रा हो, त्यसकारण हामीले अहिलेदेखि नै तयारी थालेका छौँ,’ महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले भने, ‘हामीले गर्न सक्ने काम हामी गर्छौँ, नसक्ने काम सम्बन्धित निकायलाई जानकारी गराउँछौँ ।’

वर्षा र सहकालका देवताका रूपमा लिइने रातो मत्स्येन्द्रनाथ रथयात्रा नेपालकै लामो जात्रा मानिन्छ । यो जात्रा करिब पाँच महिनासम्म चल्छ । यात्राका क्रममा रथलाई पुल्चोक, मंगलबजार, सुन्धारा, थतिटोल, कुमारीपाटी, मानभवन हुँदै जावलाखेल पुर्‍याइन्छ । त्यहाँ ल्याएपछि सुभसाइतअनुसार राष्ट्रप्रमुख र सर्वसाधारणलाई मत्स्येन्द्रनाथको भोटो देखाउने गरिन्छ । भोटो देखाएपछि मत्स्येन्द्रनाथलाई बुङ्मतीमा राख्ने गरिन्छ ।