मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत १२ आइतबार ०७:१४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नयाँ वर्षको अवसरमा भक्तपुरमा पर्यटन तथा व्यापार महोत्सव

Read Time : < 1 मिनेट
२०७९ चैत १२ आइतबार ०७:१४:००

नयाँ वर्ष ०८० सालको अवसरमा भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा महोत्सव हुन लागेको हो । 

२३ चैतदेखि २ वैशाख ०८० सम्म महोत्सवको आयोजना हुने महोत्सवका संयोजक दीपक थापाले बताए । ‘उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौँ,’ थापाले भने । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ सय रोपनी जग्गामा महोत्सव हुनेछ ।

महोत्सवमा दुई सयभन्दा बढी स्टल रहनेछन् । यहाँ दैनिक प्रयोगमा आउने सम्पूर्ण उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडाहरूका स्टल हुने संयोजक थापाले बताए । कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् । 

सो स्थानमा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानहरूका स्टल रहनेछन् । ‘सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुट दिनेछौँ,’ औद्योगिक शान्ति नेपाल अध्यक्ष महतले भने । 

आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौँ राष्ट्रियस्तरका कलाकारको सांगीतिक र हास्यव्यंग्यसहितको मनोरञ्जनात्मक प्रस्तुति रहनेछ ।