१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ११ शनिबार १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली भन्छन्– साम्प्रदायिकताको नारा लगाउनुको अर्थ छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार १३:२३:oo

एमाले अध्यक्ष केपी ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको टिप्पणी गरेका हुन्। ‘यहाँ साम्प्रदायिकताको ठाउँ छैन। साम्प्रादायिक नारा लगाएर समस्याको समाधान हुँदैन,’ ओलीले भने।

विदेशमा काम गरेर फर्केकाहरूले बनाएको संगठन रिटर्नी फेडेरेसनका नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने उनको भनाइ छ। बसोवासको हिसाबले नेपाल स्वर्ग भएको उल्लेख गर्दै उनले यहीँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरूले काम गर्नुपर्नेमा जोड दिए।