मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २० शनिबार
  • Saturday, 03 June, 2023
२०७९ चैत ११ शनिबार १२:१२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल बैंक लिमिटेडको चितवनमा सातौँ शाखा

Read Time : < 1 मिनेट
२०७९ चैत ११ शनिबार १२:१२:००

नेपाल बैंक लिमिटेडले चितवनमा आफ्नो सातौँ शाखाको रूपमा हाकिम चोकमा शाखा सञ्चालनमा ल्याएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हाकिम चोकस्थित स्याउली बजारमा नयाँ शाखा कार्यलयको औपचारिक उद्घाटन गरेका हुन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीका अनुसार चितवनको यो शाखासहित बैंकले देशभर दुई सय २८ शाखा, दुई सय ३ एटिएम र ५३ एक्सटेन्सन काउन्टरसहित ७ प्रादेशिक कार्यालयमार्फत सेवा दिइरहेको छ। चितवनमा मात्र नेपाल बैंक लिमिटेडको ७ शाखा, ५ एटिएम र १ एक्सटेन्सन काउन्टर भएको छ।

बैंकका अध्यक्ष ज्ञवालीले चितवन अर्थिक हिसाबले केन्द्र बन्दै गएको भन्दै थप शाखा विस्तार गरिएको बताए। वि.सं १९९४ मा स्थापित नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समयअनुसार आफूलाई विस्तार र वित्तीय कारोबारलाई सहज बनाउँदै लगेको उनको भनाइ छ।