Skip This
अनुगमन बढाएर राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ११ शनिबार १o:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अनुगमन बढाएर राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार १o:१५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाई राजस्व छली रोक्न निर्देशन दिएका छन् ।

जुत्ता–चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । ‘राजस्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन्, ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस् ।’

प्रधानमन्त्री प्रचण्डले अवैध आयात नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न पनि निर्देशन दिएका थिए । उनले कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तीमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकनका लागि आवश्यक तयारी गर्नसमेत अर्थ मन्त्रालयलाई निर्देशन दिए । ‘सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्,’ उनले भने ।

छलफलमा अर्थसचिव तोयम राय, राजस्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालगायतको उपस्थिति थियो ।