मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ चैत ११ शनिबार ०८:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओखलढुंगामा सुन सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ चैत ११ शनिबार ०८:००:००

सुन सफा गर्ने भन्दै ठगी गरेको आरोपमा ओखलढुंगामा ३ जना पक्राउ परेका छन् । सुनका पुराना गरगहना सस्तो मूल्यमा सफा गरिदिने भन्दै विभिन्न किसिमका रसायनिक पदार्थहरु प्रयोग गरी गरगहनाको परिमाणमा कम गरी ठगी गर्ने ३ जनालाई प्रहरीले जिल्लाको मोलुङ गाउँपालिका–२ बाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा मोरङको विराटनगर महानगरपालिका–११ का ४४ वर्षीय राजेश शाह, भारतको फरबिसगंजका ४४ वर्षीय सुनिल मण्डल र सोही ठाउँका ४३ वर्षीय पारसकुमार दास रहेको प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । निरीक्षक राईका अनुसार पक्राउ परेकाहरुबाट प्रहरीले विभिन्न प्रकारका रासायनिक पदार्थ समेत बरामद गरिएको छ ।

सफा गरिदिने भन्दै सुन पगालेर आधा सुन लैजाने गरिएको समेत सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो । जिल्लामा यस्तोे गिरोहनै प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मोलुङ गाउँपालिका १ का वडाअध्यक्ष कमल बानियाले गाउँमा यस्तो गिरोह प्रवेश गरेकाले सतर्क रहन सार्वजनिक सूचना जारी गरेर अपिल गरेका छन् । नागरिक त्रसित हुने अवस्था आएको भन्दै सुरक्षाको व्यवस्था मिलाउन प्रहरी प्रशासनसँग वडाले माग समेत गरेको छ ।