१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १० शुक्रबार २१:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोटेश्वर क्याम्पसमा नेविसंघका सञ्जय बुढाथोकी सर्वसम्मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १० शुक्रबार २१:१५:००

कोटेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका सञ्जय बुढाथोकी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । 

शुक्रबार नेविसंघसहित अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी) विप्लवसहित क्याम्पसमा दर्ता भएका सबै विद्यार्थी संगठनबीच भएको सर्वपक्षीय सहमतिले नेविसंघका बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय स्ववियू कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा अखिल (क्रान्तिकारी) का सागर पराजुली, सचिवमा अनेरास्ववियुका रामकृष्ण थापा, सहसचिवमा शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियूका शैलन्द्र श्रेष्ठ चयन भएका छन् । 

त्यस्तै, सदस्यहरूमा नेवि संघकी शारती ढकाल, आशिश कार्की, प्रदीप कार्की, सन्तोष घर्तिमगर, अनेरास्ववियूका सञ्जु भट्ट, प्रेमराज रेग्मी, राजेशकुमार गुप्ता, सुशील दाहाल, अखिल (क्रान्तिकारी) का अप्सरा बस्नेत, सरोज श्रेष्ठ, बिनिता फुयाँल र अखिल (क्रान्तिकारी) विप्लवमा मिठु टमट्टालगायत छन् । 

निर्वाचित कार्यसमितिका सदस्यहरूलाई कोटेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोविन्दबहादुर कार्की र प्रमुख निर्वाचन अधिकृत सुरेश पोखरेलले बधाई ज्ञापन गरेका थिए । नव निर्वाचित अध्यक्ष बुढाथोकीले शिक्षाको गुणस्तर सुधार गर्न कलेज प्रशासनसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।