मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १० शुक्रबार १८:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार १८:३३:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । 

पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन २ मा  उपसभापति अर्याल, तनहुँ १ मा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र बारा २ मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकिएको हो ।

बैठकमा पार्टीको विभागीय जिम्मेवारी बाँडफाँटका विषयमा समेत छलफल भएको उपसभापति अर्यालले जानकारी दिए । रासस