१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

 भायानेटले ल्यायो एक्सजिएस फाइबर टेक्नोलोजीको इन्टरनेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१o:oo

भायानेट कम्युनिकेसनले नवीनतम एक्सजिएस फाइबर प्रविधिमा आधारित इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले दुई जिबिपिएस एक्सजिएस–एक्सट्रिम प्याकेजमार्फत नेपालकै पहिलो मल्टी–गिगा इन्टरनेट सार्वजनिक गरेको हो । 

यो अत्याधुनिक प्रविधिमार्फत देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । एक्सजिएस–पिओएन अर्थात् १०–गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर–अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी भएको जनाइएको छ । 

यसले १० जिबिपिएससम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्ने कम्पनीको दाबी छ । हाल इन्टरनेट वितरणका लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्कमा आधारित रहेको जनाइएको छ ।

हाल, यो प्रविधि इन्टरनेट वितरणका लागि प्रयोग गरिने प्राथमिक विधि भएको र यसले अधिकतम डाउनलोड गति दुईदेखि चार जिबिपिएस र एकदेखि दुई जिबिपिएस अपलोड गति रहेको कम्पनीले जनाएको छ । एक्सजिएस–पिओएनको लन्चसँगै ग्राहकले १० जिबिपिएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

हाल यो प्रविधि काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध भएको र छिट्टै उपत्यकाभर यो सेवा दिने तयारी भइरहेको कम्पनीको भनाइ छ । 

ad
ad